‘अञ्जिला’ फिल्मले जीवन के:हो भन्ने बुझाउँछ: निर्देशक चाम्स
फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आउँदै ‘अञ्जिला’
पाेखरा | फागुन २०, २०८१
पोखरा: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
चलचित्र प्रदर्शनको मिति नजिकिएसँगै निर्माता टिम प्रचारप्रसारमा जुटिसकेको छ । मंगलबार पोखरा आइपुगेको ‘अन्जिला’ फिल्म निर्माता टिमले पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ देखि देशभर प्रदर्शनमा आउने बताएको छ ।
फिल्म निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ फिल्मले जीवन केःहो भन्ने बुझाउने बताउँदै बच्चाहरुलाई समेत फिल्म देखाउन आवश्यक रहेको बताए ।
‘अञ्जिला चलचित्र एकपटक फिल्म हलमा पुगेर हेरिदिनुस्, यो फिल्म बच्चाहरुलाई लगेर देखाउनुस्, यसले जीवन केःहो भन्ने बुझाउँछ’, निर्देशक चाम्सले भने, ‘यो चलचित्र एउटा चलचित्र मात्र नभएर प्रेरणाको स्रोत बन्न सक्छ भन्ने आशा लिएको छु, यो चलचित्र सफल भए अन्य खेलाडीहरुको समेत बायोपिक बनाउछु ।’
निर्देशक चाम्सले कसैको बायोपिक बन्न बुढो हुनपर्छ परम्परा तोड्न पनि ‘अञ्जिला’ चलचित्र निर्माण गरेको दावी गरे ।
‘यहाँ प्राय के प्राटिकल छ भने, बायोपिक बन्न त्यो मान्छे बुढो हुन पर्छ, उसले जीवनका कालखण्डमा धेरै अचिपमेन्टहरु हुनुपर्छ अनि मात्र बनिनुपर्छ भन्ने छ, कति चाँहि बितेर जान्छ, बितेर गइसकेपछि हामी चाँहि महान भन्छौ त्यो व्यक्तिलाई, त्यो एउटा पराम्परा भइसकेको छ, त्यो परम्परा तोडिनुपर्छ भन्ने हो, उनले भने, ‘ जो बोलेको छ, जसले राम्रो गरिरहेको छ, उसलाई योगदान पनि हुने भयो पहिलो कुरो, दोस्रो कुरा, उसलाई जीन्दगीभर एउटा सिनेमा जिवित राख्ने माध्यम बन्यो र एन्जिलाको नै बन्न पर्छ भनेर उसलाई रोज्यौ ।’
उनले एन्जिलाको बाल्यकालदेखि कप्तान हुँदासम्मका संघर्षहरु चलचित्रमा समावेश गरेको बताए ।
निर्देशक चाम्सले चलचित्र निर्माण गर्दाको समयमा राज्यले खेलकुद क्षेत्रमा प्राप्त लगानी नगरेको समेत गुनासो राखे ।
कलाकार माओत्से गुरुङले ‘अञ्जिला’ चलचित्र एउटा खेलाडीको संघर्षमा आधारित रहेको बताए ।
‘व्यक्तिमा रहर छ, क्षमता छ, अवसर छ भने त्यो व्यक्तिलाई जन्मको आधारले पछि पर्नुपर्ने आवश्यकता हुँदैन’, कलाकार गुरुङले भने, ‘यदी त्यो व्यक्तिमा रहर छ, क्षमता छ र अवसर पाएको खण्डमा उसको जन्म चाँहे सुदूर या कुनै विकट ठाउँमा जन्मिएको किन नहोस् उसले अवसर पाएको खण्डमा प्रमाणित गर्न सक्छ, त्यो देखाएको पात्र चाँहि एन्जिला पात्र हो ।’
राष्ट्रिय महिला टिमकी कप्तान एन्जिला केही दिन अगाडि सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेलेर व्यवसायिक फुटबल प्रतियोगिताका लागि ग्रिस गइसकेकी छिन् ।
उनले व्यवसायिक फुटबल प्रतियोगिताका लागि नेपाल बाहिर भएकाले एक भिडियो सन्देशमा ‘अञ्जिला’ फिल्म हेरेर सहयोग पु¥याउन आग्रह समेत गरेकी छिन् ।
१३ वर्षको उमेर देखि फुटबल खेल्न सुरु गरेका कप्तान एन्जिलाले सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यू–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय खेल यात्रा सुरु गरेकी थिईन् ।
निर्देशक मिलन चाम्सले निर्देशन गरेको ‘अञ्जिला’ फिल्ममा अभिनेता दयाहाङ राई, कलाकार माहोत्से गुरुङ, सिर्जना सुब्बा, बिजय बराल, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

